सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जलहरीसम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनु विडम्बना: कोइराला

जलहरीसम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनु विडम्बना: कोइराला

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा शंकास्पद अनियमिततासम्बन्धी उठेको विषय रेकर्डबाट हटाउनु विडम्बना भएको बताएका छन्।

National life

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएकामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार जलहरीसम्बन्धी भनाइ संसद्‌को रेकर्डबाट हटाइएको थियो।

‘कस्तो विडम्बना ! संसद्‌मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरुप कार्य गर्ने। सांसदका हरेक अभिव्यक्ति तार्किक निश्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियमितता कति दिन ढाक्न सकिएला र? हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं। के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो? संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौं,' कोइरालाले भनेका छन्।

प्रकाशित: May 28, 2023| 11:44 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्