सोमबार, वैशाख २८, २०८३

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपा अध्यक्ष बन्न झलनाथले दिए सुझाव

पूर्वराजाका गतिविधि बढे पनि लोकतन्त्र र गणतन्त्रलाई कसैले कमजोर गराउन नसक्ने नेता खनालको दाब।
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

National life

काठमाडौं– नेकपा एसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गरेका छन्। बरु उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा भित्रिएर अध्यक्ष बन्न सुझाए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खनालले पूर्वराजाको गतिविधि बढे पनि लोकतन्त्र र गणतन्त्रलाई कसैले कमजोर गराउन नसक्ने दाबी गरे। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र मेचीदेखि महाकालीसम्मको दौडाहामा छन्।

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिबारे राजनीतिक दलबीच समीक्षा जरुरी रहेको औंल्याए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद भएको र अनुसन्धानमा तलमाथि भए जनता नै सडकमा आउने दाबी गरे।

प्रकाशित: May 27, 2023| 15:45 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्