सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियनको स्थापना दिवस, कांग्रेस नेतालाई पत्रकारको आलोचनाबाट नडराउन सुझाव

प्रेस युनियनको स्थापना दिवस, कांग्रेस नेतालाई पत्रकारको आलोचनाबाट नडराउन सुझाव

कांग्रेस निकट पत्रकारले पार्टी नेताहरु प्रेसमैत्री र आलोचना पचाउन नसकेको आरोपको देउवाले गरे प्रतिवाद।
 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं– नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२औं स्थापना दिवस मनाइरहेको छ। लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ मा भएको थियो।

National life

स्थापना दिवस अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ‘प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले कांग्रेस प्रेसको आलोचनाबाट नडराउने बताएका छन्। उनले भने, ‘प्रेसको आलोचनाबाट डराउने कुरै छैन।’ कार्यक्रममा सहभागीले कांग्रेस नेताहरु आलोचनामा असहिष्णु हुन थालेको आरोप लगाएपछि देउवाले त्यसको प्रतिवाद गरेका हुन्।

पत्रकार महासंघका पूर्वसभापति हरिहर विरहीले कांग्रेसका नेताहरुमा आलोचना सहने सहिष्णुता घट्दै गएको बताएका थिए। सभापति देउवाले देशमा प्रजातन्त्रविरुद्ध केही शक्ति लागेको उल्लेख गर्दै सबै एक भएर लड्न आग्रह गरे।

‘लामो लडाइँपछि आएको हो, प्रजातन्त्र। यसको खिलापमा केही शक्ति लागेका छन्। हामी एकजुट हुनुपर्छ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो,’ उनले भने। 

युनियनले स्थापना दिवस अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरिरहेको महासचिव दिलीप पौडेलले बताए।

प्रकाशित: May 27, 2023| 12:42 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्