बिहीबार, भदौ १२, २०८२

१७ जेठमा दिल्ली उड्दै प्रधानमन्त्री प्रचण्ड

१७ जेठमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग १८ जेठमा हैदरावाद हाउसमा वार्ता गर्नेछन्।
 |  शनिबार, जेठ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी १७ जेठदेखि भारत भ्रमणमा जाने तालिका सार्वजनिक भएको छ। शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको हो। 

Kumaribank

कार्यक्रमअनुसार प्रधानमन्त्री प्रचण्डले १८ जेठमा समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि वार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनले नेपाल र भारतका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समावेश गरिएको छ।

प्रकाशित: May 27, 2023| 11:43 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्