सोमबार, वैशाख २८, २०८३

एमालेले आज पनि संसद् चल्न नदिने, माफी माग्नुपर्ने अडान

 |  शनिबार, जेठ १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

काठमाडौं- पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको विषयमा माओवादी सांसद लेखनाथ दाहालले संसद् बैठकमा दिएको अभिव्यक्ति फिर्ता लिएर माफी नमागे एमालेले आज पनि बैठक अवरुद्ध गर्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ।

National life

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ। जवाफपछि नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत हुनेछ। बजेट आउन दुई दिनमात्र बाँकी रहेकाले नीति तथा कार्यक्रम पारित गर्न समय छैन। 

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन्। पशुपतिको जलहरीबारे माओवादी सांसद दाहालले संसदीय दलका नेता केपी ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै एमालेले त्यसको जवाफ माग्दै संसद् अवरुद्ध पारेको थियो।

शुक्रबार एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो। तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर आजका लागि सारिएको थियो।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद् चल्न नदिने बताएका छन्।
 

प्रकाशित: May 27, 2023| 08:59 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्