काठमाडौं- शुक्रबार एमालेका सांसदको नाराबाजीबीच स्थगित प्रतिनिधिसभाको बैठक शनिबार बेलुकी ४ बजेका लागि डाकिएको छ।
एमालेका सांसदहरुले नाराबाजी गरेपछि शुक्रबारको बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो।
त्यसपछि ३ बजे बैठक डाकिएको थियो। तर ३ बजे पनि बैठक बस्न सकेन र ६ बजेका लागि पुनः डाकियो। यद्यपि ६ बजेपनि बस्न नसकेपछि शनिबारका लागि बैठक डाकिएको हो।