मंगलबार, भदौ २, २०८३

करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गयो 

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं- सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। राजविराज नगरपालिका-५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

सोही ठाउँस्थित चौरमा माइकको तार विद्युतको पोलमा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 26, 2023| 18:07 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्