सोमबार, वैशाख २८, २०८३

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फिर्ता भएका हुन्। 

National life

सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरू दाताहरू तथा सम्बद्ध निकायसँग भेट गरेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए। बजेटका कारण उनले महासभा नसकिँदै स्वदेश फर्किएका हुन्।

मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो। मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ। 

महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरीवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ।

प्रकाशित: May 26, 2023| 17:39 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्