बिहीबार, भदौ १२, २०८२

नक्कली शरणार्थी प्रकरणः ३० मध्ये १७ आरोपी पक्राउ

प्रहरी नक्कली शरणार्थी प्रकरणमा फरार रहेकी ललितपुरकी लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो।
 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेको १६ आरोपीसँग काठमाडौं जिल्ला अदालतमा बयान लिइरहेका बेला आज फरार थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली शरणार्थी प्रकरणका ३० आरोपीमध्ये हालसम्म १७ जना पक्राउ परेका हुन्।

प्रहरीले उक्त प्रकरणमा फरार रहेकी लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो। प्रहरीले महर्जनलाई पक्राउ गरेर आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ।  जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख थियो।

नक्कली शरणार्थी धन्धामा ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएको प्रहरी छानबिनले देखाएको छ। नक्कली शरणार्थी प्रकरणका अभियुक्तसँग काठमाडौं जिल्ला अदालतमा आजबाट बयान लिन थालिएको छ। 

प्रकाशित: May 26, 2023| 16:13 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्