सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभामा एमाले अवरोध हटाउन सभामुख देवराजको पहल

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिएर  सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेका कारण सभामुख घिमिरे दलका सचेतकसँग परामर्शमा जुटेका हुन्।
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं– सभामुख देवराज घिमिरेले एमाले अवरोधका कारण अवरुद्ध संसद् बैठक खुलाउन मुख्य चार दलका प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेका छन्।

National life

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष केपी ओलीले पशुपतिमा चढाएको सुनको जलहरीमा पित्तलसमेत मिसावट गरिएको सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दाबी गरेपछि त्यसको विरोधमा एमाले सांसदले बैठक अवरुद्ध गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी नीति तथा कार्यक्रमबारे सांसदसँग प्रश्नोत्तर गर्ने कार्यसूची थियो। निरन्तर एमाले सांसदको नाराबाजीपछि अहिले बैठक स्थगित गरिएको छ।

सोही कारण पनि संसद् बैठक चलाउन सभामुखले छलफल गरिरहेका छन्। सभामुखसँगको पहिलो चरणको छलफल सकिएपछि अहिले दलभित्र आन्तरिक सल्लाह भइरहेको बुझिएको छ। एमाले अवरोधपछि बैठक स्थगित गरेर सभामुख मुख्य चार दलसँग छलफलमा जुटेका हुन्।

संयुक्त बैठकबाट समाधान निकालेर प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम अघि बढाउने तयारी भइरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए।

सांसद दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद् बैठक सुरु हुनेबित्तिकै अवरोध गरेको थियो।

प्रकाशित: May 26, 2023| 14:56 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्