बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अब बाह्रैमास बञ्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न सकिने

अब बाह्रैमास बञ्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न सकिने

विगत वर्षमा पानी पर्नासाथ कच्ची सडक बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेकामा सडक कालोपत्रेपछि अवरोध नहुने भएको हो।
 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

काठमाडौं– अब बर्खाको समय सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।विगत वर्षमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेको थियो।

Kumaribank

सरकारले केही समय पहिले दु्रत मार्ग (फास्टट्रयाक) बाट ठेक्का लगाएर फोहोर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–विदुर सडक योजनाले जनाएको छ।

पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्रया’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इन्जिनियर सागर भण्डारीले बताए। उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो।’

सडक विभागले एक दशक पहिले बालाजु–रानीपौैवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो। पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए। इन्जिनियर भण्डारीले भने, ‘असारमा ठेक्का तोडेर असोजमै नयाँ ठेक्काबाट निर्माण थालिएकोे हो।’ 

पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ। सो खण्डको सडक झन्डै साढे ४ किमि लामो छ। गत २६ असोजदेखि नयाँ ठेक्कामा गएकामा २८ देखि काम सुरु भएको उनले बताए। 

Metro Mart

लामो समयदेखि अवरुद्ध सडकका कारण त्यहाँका नागरिकले दुःख पाइरहेका थिए। वर्षाका कारण सडक भासिने र फोहर बोकेका गाडी जान नसक्दा बर्सेनि फोहोरका गाडी फर्कने गरेका थिए। गत वर्ष वर्षाको समय महिनौंसम्म फोहर उठ्न नसकेपछि सरकारले सो सडक निर्माण चाँडो सकाउन चासो देखाएको थियो।  

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन वटा ठेक्का गरिएको थियो। तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ।

बालाजु–त्रिशूली ५५ किमि र त्रिशूली–छहरे ११ किमि गरेर यो योजनाले ६६ किमि सडक योजनाको कार्यक्षेत्रमा परेको छ। यी तीनै कम्पनीसँग २०७०/७१ मा ठेक्का सम्झौता गरिएको थियो।

प्रकाशित: May 26, 2023| 14:14 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्