मंगलबार, भदौ २, २०८३

ढोका खुलै राखेर विमान अवतरण गरेपछि...

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागे-नलागेको पूर्ण रुपमा सुनिश्चित गरिन्छ। तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ। 

देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट १९४ जना यात्री बोकेर डेगुका लागि उडेको विमानको ढोका डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ। 

संयोगले भवितव्यबाट जोगिए पनि केही यात्रीलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। ढोका खुला राखेरै विमान अवतरण गरिएको घटनाको छानबिन भइरहेको छ। डेगु विमानस्थल राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।
-रासस

प्रकाशित: May 26, 2023| 13:12 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्