मंगलबार, भदौ २, २०८३

मिटरब्याजपीडितले निवेदन दिने समयावधि सकिँदै

आयोगले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै अन्तिम पटक ८ देखि १४ जेठसम्म म्याद थपेको थियो।
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं– सरकारबाट गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवदेन दिन थपेको म्याद १४ जेठसम्म रहेको छ।

आयोगले ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै अन्तिम पटक ८ देखि १४ जेठसम्म म्याद थपेको थियो।

तोकिएको समयभित्र पीडितले आफ्नो भएसम्मका सबुद प्रमाणसहित बेहोरा खुलाई अनलाइनबाट सीधै आयोग वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ।

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष स्थापना गरिएकाले सोही कक्षमा निवेदन फारम निशुल्क उपलब्ध हुँदै आएको छ भने निवेदन फारम कार्यालयकै कर्मचारीले भराउने गरेको आयोग अध्यक्ष गौरीबहादुर कार्कीले बताए।

प्रकाशित: May 26, 2023| 13:01 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्