बिहीबार, भदौ १२, २०८२

'सदन रोक्ने रहर छैन' भन्दै प्रतिनिधिसभामा एमालेको अवरोध

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा अवरोध गरेको छ।

Kumaribank

हिजोको संसद् बैठकमा सत्ता पक्षका एक सांसदले पशुपतिनाथ मन्दिरको गजुरमा जलहरी लगाउँदा एमाले सरकारले भ्रष्टाचार भएको बताएपछि त्यसको विरोधमा एमालेले सदन अवरोध गरेको हो। ती सांसदले केपी ओली प्रधानमन्त्री भएका बेला पशुपतिमा सुनको भनेर नक्कली जलहरी हालिएको आरोप लगाएका थिए।

सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरु टेबुल बजाउँदै उठेका थिए। सभामुखले नियमित प्रक्रियामा जान अनुरोध गर्दा पनि सांसदहरु नबसेपछि त्यसपछि एमाले सचेतक पदम गिरीलाई सभामुखले समय दिएका थिए। गिरीले पशुपति मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

‘एमाले नेतृत्वकाे सरकारले पशुपतिनाथमा सुनकाे साटाे पित्तल लगाएकाे भने आराेप लगाइएकाे छ। याे आरोप कसरी आएको छ? प्रमाण र तथ्यबेगर स्वीकार्य हुँदैन। यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ। जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन। माफी माग्नुपर्छ र रेकर्डबाट हटाउनुपर्छ,’ गिरीले भने। 

एमाले सांसदको नाराबाजी जारी रहेपछि बैठक अगाडि बढ्न सकेको छैन।

Metro Mart

हिजोको बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै 'पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको' आरोप लगाएका थिए।

प्रकाशित: May 26, 2023| 12:31 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्