शनिबार, साउन १२, २०८१

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुईजना मृत फेला

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

दाङको दंगीशरण गाउँपालिका-५ कुमलगढीस्थित सडकमा रा १ ज ९२३ नम्बरको जिपले रा ७ प ४२३७ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने ३७ वर्षीया सिता लम्सालको मृत्यु भएको छ।

triton college

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगन्ज रिफर गरिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
बाराको बारागढी गाउँपालिका-५ सिंहासनीस्थित छठी घाट नजिक रौतहट फतुवा बिजयपुर नगरपालिका-६ वस्ने ७० वर्षीया चरनी देवी महतो बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-४ गंगापुर टोलस्थित खाली खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: May 26, 2023| 12:29 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्