मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणः न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई प्रतिवादीसँग बयान लिने जिम्मा 

नक्कली शरणार्थी प्रकरणः न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई प्रतिवादीसँग बयान लिने जिम्मा 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीको मुद्दा काठमाडौं जिल्ला अदालतका २५ नम्बर इजलासका न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। 
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौ–नक्कली शरणार्थीको धन्धा चलाएर करोडौं रकम कुम्ल्याएको आशंकामा पक्राउ परेका १६ संदिग्धको बयान लिने जिम्मा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पाएका छन्।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीको मुद्दा काठमाडौं जिल्ला अदालतका २५ नम्बर इजलासका न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। गोला प्रथाबाट भएको पेसीमा न्यायाधीश न्यौपानेको इजलासमा उक्त मुद्दा परेको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

नक्कली शरणार्थी प्रकरणमा करोडौं कुम्ल्याएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राईलगायतसँग आज न्यायाधीशले साविती बयान लिनेछन्।

यो प्रकरणमा मुछिएकाले झन्डै २९ करोड रुपैयाँ असुलेको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा औंल्याइएको छ। यो प्रकरणमा पक्राउ परेका १६ जनामाथि अदालतमा बयान लिन लागिएको हो। १४ जना भने फरार छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारी संयन्त्रमै रहेका पदाधिकारीको मिलेमतोमा १४५ बढीसँग २९ करोड ८४ लाख ठगी भएको थियो। 

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रहितविरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ। न्यायाधीशको बयान सकिएपछि नक्कली शरणार्थी प्रकरणमा धन्धा चलाएकालाई थुनछेक वा धरौटीमा रिहा गर्ने आदेश आउनेछ।

प्रकाशित: May 26, 2023| 11:25 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्