बिहीबार, भदौ १२, २०८२

काठमाडौंको पनि घट्यो गाडी भाडा

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

काठमाडौं-  बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा पनि घटाइएको हो।

Kumaribank

प्रदेश भाडा निर्धारण/सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२)ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको हो। मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर कायम भएको उल्लेख गरेको छ।

अन्तरप्रदेश भाडादर भने यसअघि नै घटिसकेको छ। जेठ ३ गतेदेखि यात्रुवाहक सवारीमा ३ दशमलव २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको मूल्य ४ दशमलव १९ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव ६५ प्रतिशतले घटेको छ।

Metro Mart

प्रकाशित: May 26, 2023| 11:13 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्