बिहीबार, जेठ १८, २०८०

स्थानीय सरकारका जनप्रतिनिधिलाई शासन सिकाउँदै एमाले

स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, दृष्टिकोण, शासन सञ्चालनका विषयमा एमाले नेताहरुले प्रशिक्षण दिने। 
 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

काठमाडौं– एमालेले स्थानीय तहमा पार्टीबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिलाई प्रशिक्षण दिन थालेको छ। पार्टी मुख्यालय च्यासलमा बिहान १० बजेदेखि सुरु भएको प्रशिक्षण शुक्रबार र शनिबारसम्म सञ्चालन हुनेछ। 

Everest Bank

एमालेको गत २८ देखि ३० वैशाखसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको नीति, कार्यक्रम, बजेट निर्माणलगायत विषयमा प्रशिक्षण दिने निर्णय गरेको थियो।

स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी अध्यक्ष केपी ओलीलगायत नेताहरूले प्रशिक्षण दिँदै छन्। अघिल्लो वर्षको स्थानीय तह निर्वाचनमा एमाले ८३ पालिका प्रमुख, ११५ पालिका उपप्रमुखमा विजयी भएको थियो। एमालेले १२२ गाउँपालिकामा अध्यक्ष जितेको थियो भने १२६ उपाध्यक्षमा विजयी भएको थियो।

स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, दृष्टिकोण समेटेर बजेट तर्जुमा गर्न सघाउ पुगोस् बनेर प्रशिक्षण कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ।

प्रकाशित: May 26, 2023| 10:52. 00 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्