मंगलबार, असार १७, २०८२

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान रोक

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ। तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाइ लिस्ट’ मा राखेपछि उनीहरु देशबाहिर जान नपाउने भएका हुन्।

अदालतमा उपहारसम्बन्धी मुद्दा चलिरहेको समयमा कतिपयले उनी फरार हुन सक्ने आकलन गरेका थिए। अल कादिर ट्रस्ट प्रकरणमा खानलाई गत मे ९ मा प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि देशभर भड्किएको हिंसामा १२ जनाको मृत्यु भएको थियो। उनीमाथि विभिन्न अभियोगमा १७ मुद्दा छन्।

उनी गिरफ्तार भएपछि भड्किएको हिंसाको मामिलामा समेत मुद्दा दर्ता भएका छन्। सेनाले समेत उनीमाथि मुद्दा हालेको छ। ल्नेमा सैनिकसमेत छ। पछिल्लो पटक सरकारले खानसहित झण्डै ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको सञ्चारमाध्यमले जनाएका छन्।
 

प्रकाशित: May 26, 2023| 09:02 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्