शुक्रबार, भदौ १३, २०८२

चार जनाको हत्या आरोपमा जापानमा सभामुखका छोरा पक्राउ

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन्।

Kumaribank

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो। 

जापानी सञ्चारमाध्यमका समाचारअनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए। सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन। 

उनले चार जनामाथि किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो त्यो भने अझै खुल्न सकेको छैन। प्रहरी हिरासतमा रहेका कारण उनीमाथि छानबिन जारी रहेकाले केही समयपछि सो गोलीकाण्डको उद्देश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

गत वर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदहाडै गोली हानी हत्या भएको थियो। जापानमा बन्दुकमार्फत हुने हिंसालाई दुर्लभ घटनाको रुपमा लिइन्छ। 

Metro Mart

प्रकाशित: May 26, 2023| 08:40 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्