मंगलबार, भदौ २, २०८३

नक्कली शरणार्थी प्रकरण

खाण र रायमाझीहरुको अदालती बयान आजदेखि

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ।

नेपालीलाई नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेका १६ जनाको आजदेखि अदालती बयान सुरु हुन लागेको हो।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परेका छन्।

गत सोमबार प्रहरीले दुई महिना लामो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २७ करोडभन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो।

यो प्रकरणको बयान र थुनछेक बहस सकिन करिब दुई साता लाग्ने बताइएको छ। आज अदालतमा गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ। त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ। बयानपछि धरौटीमा छाड्ने कि पुर्पक्षमा पठाउने भनेर बहस हुनेछ।

प्रकाशित: May 26, 2023| 07:18 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्