शुक्रबार, भदौ १३, २०८२

६ ठाउँमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु 

 |  शुक्रबार, जेठ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

vianetvianet

पश्चिम रुकुम, प्युठान, जुम्ला, भक्तपुर, बारा र ताप्लेजुङमा भएका सवारी दुर्घटनामा बिहीबार १० जनाको मृत्यु भएको छ।

Kumaribank

प्रहरी प्रधान कार्यालयका अनुसार रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुली दुधारमा लु.१ज १७४७ नम्बरको जिप दुर्घटना हुदा पाँचजनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।

प्युठानको गौमुखी गाउँपालिका– ५ खुङ छहरेखोलामा बुधबार राति लु.४त १२२५ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक स्थानीय २२ वर्षीय सुमन हमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ६ गोरुचौरमा बुधबार राति नै भे.१ख २९१३ नम्बरको बसबाट लडेर गोरखा धार्के गाउँपालिका घर भएका ३० वर्षीय छन्जवीर गुरुङको मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो। 

भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ भातेढिकुरनजिकै ना.१ख ९८४५ नम्बरको गाडी र बा.९१प १६९६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा बुधबार राति दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकलचालक झापा घर भई हाल भक्तपुर नलिन्चोक बस्दै आएका २३ वर्षीय रूपेश राजवंशीको मृत्यु भएको छ।

Metro Mart

बाराको कलैया उपमहानगरपालिका– ६ पर्सा टोलमा बा.८५प ७६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६४ वर्षीया देउकी साहको मृत्यु भएको छ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ६ भोटे गुम्बामा मे.१च ७३५३ नम्बरको स्कारपिओ बिहीबार दुर्घटना हुँदा गाडीमा सवार सागर गुरुङका छोरा पाँच वर्षीय अंशुमन गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रकाशित: May 26, 2023| 06:51 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्