शुक्रबार, भदौ १३, २०८२

झापामा पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्रे

 |  बिहीबार, जेठ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

vianetvianet

झापा– भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ देखि २०७९-८० सम्ममा एक सय ५१ दशमलव १ किमी सडक कालोपत्रे गरेको जनाएको हो। कालोपत्रे भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्दछ।

Kumaribank

जिल्लाका विभिन्न स्थानमा छ देखि ३० किमीसम्म सडक कालोपत्र भएका कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताए। उनले प्रदेश सरकारले बनाएका योजनाअन्तर्गत बजेट निकासी हुन नसक्दा थप सडक कालोपत्रे हुन नसकेको बताए। ‘जिल्लामा थुप्रै योजना अधुरा छन्’, उनले भने, ‘बजेट अभावले भने जस्तो काम हुन सकेको छैन।’ प्रमुख श्रेष्ठका अनुसार दर्जनौँ सडक बहुवर्षीय योजनाअन्तर्गत कालोपत्रे भइरहेका छन्। 

उनले आधादर्जन बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट भुक्तानी गर्न नसकिएको जानकारी दिए। हालै कालोपत्रे भएका धुलाबारी–ज्यामिरगढी–भन्द्रपुर, सतासीधाम झिलझिले, दुगापुर दानाबारीदेखि इलाम जाने सडक, दमक–५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई–तीन सुरुङ्गादेखि बोर्डरसम्मको सडकको भुक्तानी गर्न नसकिएको प्रमुख श्रेष्ठले बताए। बजेट अभावका कारण ठेकेदारलाई भुक्तानी गर्न नसकिएको नको भनाइ थियो। प्रमुख श्रेष्ठले भने, ‘हामीसँग योजना छ, दक्षजनशक्ति छ तर पर्याप्त बजेट छैन।’ 

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी छन्। सडक कालोपत्रे भएपछि वर्षौँदेखिको धुलो र हिलोबाट मुक्ति मिलेको स्थानीय रोशन न्यौपानेले बताए। सडक कालोपत्रेसँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवातवापतमा सजिलो भएको छ।

सोही अवधिमा इलाम र झापामा १० मोटरेवल पुल, १३ झोलुङ्गे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इञ्जीनीयर अमृतकुमार दाहालले बताए। उनले दुवै जिल्लाका विभिन्न खोलामा ३२ मिटरदेखि एक सय २० मिटरसम्म लम्बाइ भएका झोलुङ्गे पुल बनाएको बताए। 

Metro Mart

इलामका रतुवामाई, शिवा, झुत्रेमा छ र झापाका देउनिया, हडिया, अदुवालगायत पाँच खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको दाहालले बताए। उनका अनुसार जिल्लामा आठ मोटरेवल पुल निर्माण भएका छन् भने इलाममा दुई वटा मात्र निर्माण भएका छन्। 

प्रकाशित: May 25, 2023| 21:46 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्