मंगलबार, भदौ २, २०८३

नक्कली शरणार्थी प्रकरणमा डामिएकासँग बयान लिँदै न्यायाधीश

नक्कली शरणार्थी प्रकरणमा संदिग्धमध्ये १४ फरार रहेकाले न्यायिक हिरासतमा लिइएका १६ जनासँग केरकार गर्दै न्यायाधीश।
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेकाहरुलाई   शुक्रबारबाट न्यायाधीशसमक्ष बयान दिन लगाइने भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष नक्कली शरणार्थी प्रकरणमा संदिग्धको बयान लिइने भएको हो। घटनामा १४ फरार रहेकाले न्यायिक हिरासतमा रहेका १६ जनाको बयान लिइनेछ। 

बयान सकिएपछि हुने थुनछेक बहसपछि नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ।

प्रकाशित: May 25, 2023| 16:51 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्