मंगलबार, भदौ २, २०८३

सिरहाको कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

सिरहा- कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो।

कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो। बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिए। 

लालपुर्जाबाट बञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन्। विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताए।
 

प्रकाशित: May 25, 2023| 22:03 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्