शुक्रबार, भदौ १३, २०८२

ललितपुरको नख्खु-भैँसेपाटी सडक जेठभित्र सम्पन्न हुने

 |  बिहीबार, जेठ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

vianetvianet

काठमाडौं- निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु-भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ।

Kumaribank

नख्खु सडकमा दुई महिनायता केही प्रगति भइरहेको देख्न सकिन्छ। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अहिलेको कामको गति हेर्दा मुख्य सडकमा सम्पन्न हुन लामो समय नलाग्ने देखिएको बताए। उनले भने, ‘केही सहायक कामबाहेक मुख्य काम सकिने देखिएको छ।’

सडक निर्माण केही समय पहिले नै सम्पन्न गर्न लागिएको भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपका कारण ढिलाइ भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताउँदै आएको छ। खानेपानी लिमिटेडले अहिले पनि पाइपको काम गरिरहेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अझै छेउपट्टिको पाइप चुहावट भएर निर्माणमा बाधा पुग्ने गरेको बताए। पछिल्लो समय निर्माणमा प्रगति भएको र त्यसले गर्दा अब सडकका बाँकी काम छिट्टै सम्पन्न हुने देखिएको उनले जानकारी दिए। 

नख्खु-भैँसेपाटी सडक निर्माणमा भएको ढिलाइमा सरकारले चासो देखाउँदै आएको छ। यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पटकपटक स्थलगत निरीक्षण गरेका थिए।

Metro Mart

 अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि दुई पटक सो सडकको निरीक्षण  गरिसकेका छन्। पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो। सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो।

आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो।

प्रकाशित: May 25, 2023| 21:33 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्