मंगलबार, भदौ २, २०८३

हिले-छिन्ताङ त्रिवेणी सडकको काम ७० प्रतिशत सम्पन्न 

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

भोजपुर- कालोपत्रे गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले-उत्तरपानी-छिन्ताङ-त्रिवेणी सडकको काम धमाधम भइरहेको छ।

दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख ९८ हजार ६३ लागतमा सडकको निर्माण थालिएको हो।

यो सातादेखि पहिलो चरणमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले जानकारी दिए। यो सडक खण्डको १० किलोमिटरमध्ये यो आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्रे गरिने महतोले बताए।

निर्माण कम्पनी रायामाझी, आजादका प्रतिनिधि प्रेमकुमार मल्लले आगामी पुस महिनाभित्र १० किलोमिटर नै कालोपत्र सक्ने लक्ष्य रहेको छ। वर्षात्को समयमा यो सडकमा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो।

हिलेबाट त्रिवेणीसम्म करिब २६ किलोमिटर सडकमध्ये १० किलोमिटर कालोपत्रे गर्ने लक्ष्यसहित २०७८ असोजमा यो सडकको शिलान्यास गरिएको थियो। 

प्रकाशित: May 25, 2023| 20:03 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्