सोमबार, वैशाख २८, २०८३

प्रचण्डको भारत भ्रमण

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकर 

प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणलाई लिएर राजदूत शर्माले भारतीय विदेशमन्त्री जयशंकरसँग विमर्श गरेको अनुमान।
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेका छन्। शर्मा १८ चैत २०७८ मा राजदूतको नियुक्ति लिएर दिल्ली पुगेका थिए। 

National life

बिहीबार राजदूत शर्मा र विदेशमन्त्री जयशंकरबीच प्रधानमन्त्रीको भारत भ्रमण, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा रहेर नयाँ दिल्लीमा भेटवार्ता भएको हो।

उक्त भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा राजदूत शर्मासँग बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन्। 

‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीबारे छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।

राजदूत शर्माले सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड आउने साता भारत भ्रमणमा जाने तयारी गर्दै छन्। 

प्रकाशित: May 25, 2023| 15:41 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्