मंगलबार, भदौ २, २०८३

सवारी दुर्घटनामा परी बालकको ज्यान गयो

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ। आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिए।

सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन्। उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी प्रमुख गुरुङले बताए।

दुर्घटनामा घाइते भएका अंशुमानलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए। गाडी अनियन्त्रित भई पल्टिएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 25, 2023| 15:22 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्