सोमबार, वैशाख २८, २०८३

मधेस प्रदेशबाट थालियो कांग्रेस शुद्धीकरण अभियान

संस्थापन देउवा र संस्थापन इतर शेखर समूहमा रहे पनि लाभको पद नपाएर रिसाएका तेस्रो पुस्ताका नेताहरूले जनकपुरबाट कांग्रेसलाई शुद्ध बनाउने अभियान सुरु गरेका हुन्।
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– कांग्रेसभित्र भ्रष्टाचार र सत्ता–मोह बढेको दाबी गर्दै संस्थापन र संस्थापन इतर दुवैसँग रिसाएका तेस्रो पुस्ताका नेताहरुले मधेस प्रदेश मुकाम जनकपुरबाट रुपान्तरण अभियान सुरु भएको घोषणा गरेका छन्।

National life

संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर शेखर कोइराला समूहमा रहे पनि लाभको पद नपाएर रिसाएका तेस्रो पुस्ताका नेताहरूले जनकपुरबाट कांग्रेसलाई शुद्ध बनाउने अभियान सुरु गरेका हुन्।

कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रुपान्तरणका लागि सातै प्रदेशमा बृहत् भेला र अन्तरक्रिया गरिने जानकारी दिए।

उनीहरुले संलग्नहरुले पार्टीका कमी–कमजोरी, विकृति–विसंति अन्त्यलाई अभियानको मुख्य एजेन्डा बनाएका छन्। यो अभियानले कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र जनतामा नयाँ विश्वास जगाउने केसीले दाबी गरे।

कांग्रेस रुपान्तरण अभियानले १६ जेठमा बागमती प्रदेशको काठमाडौं, २० जेठमा गण्डकी प्रदेशको पोखरा र २२ जेठमा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गरिने बताएको छ।

यस्तै, २४ जेठमा कर्णाली प्रदेशको सुर्खेत, २६ जेठमा सुदूरपश्चिम प्रदेशको धनगढी र २९ जेठमा कोसी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गरिने बताइएको छ।

प्रकाशित: May 25, 2023| 15:11 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्