सोमबार, वैशाख २८, २०८३

मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ।

National life

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सम्भवतः आजै लोसपाबाट मन्त्री बन्नेले सपथ लिनेछन्।

लोसपा पर्साबाट प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीलाई वन मन्त्रालय जिम्मा लगाएर प्रदेश सरकारमा इन्ट्री हुन लागेको हो। हाल मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेका छन्। यद्यपि लोसपाले प्रदेश सरकारमा दुई मन्त्रालय मागेको छ।

प्रदेशसभा सदस्य जितेन्द्र सोनलले सरकारमा सहभागी हुन लोसपा तयार रहेको बताए। उनले भने, ‘सरकारमा सहभागी हुने विषयमा कुनै अलमल छैन।  जहाँसम्म संख्या र मन्त्रालयको कुरा छ, त्यो सहमतिमा टुंग्याउने हो।’

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री यादवले ९ जेठमा कांग्रेसका दुई र नेकपा एसका एक गरी तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।
मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र बुधबार मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

प्रकाशित: May 25, 2023| 13:24 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्