मंगलबार, चैत १७, २०८२

सर्वोच्चमा मुद्दाको ओइरो लागेपछि ‘इरिटेट’ भए रवि

हिजो सर्वोच्चका न्यायाधीशले नागरिकता विषयमा दरपीठ गरेको रिट पुनः ब्युँताउने फैसला गरेपछि लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो पोखेका हुन्।
 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति एवं सांसद रवि लामिछानेले सर्वोच्च अदालतले सफाइ दिएको विषयलाई पुनः मुद्दा हालेर आफूलाई ‘इरिटेट’ गर्ने काम भएको गुनासो गरेका छन्।

National life

हिजो मात्रै लामिछानेले नेपाली नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर रिट निवेदनलाई दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो।सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो। सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ अस्वीकारेको थियोे। 

यही विषयलाई लक्षित गरेर लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो ओकलेका हुन्। आफूलाई मुद्दामुद्दा थोपरेर रविमोअमेरिकी राहदानीको निस्सा ९ जेठमा सर्वोच्चमा बुझाइसकेको उनले बताएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले सर्वोच्चले झिकाउनू भनेको निस्सा आफूसँगै भएकाले बुझाएको बताएका हुन्।

यसको जानकारी र सक्कलबमोजिम नक्कल ६ असार २०७५ मा अध्यागमन विभागलाई सप्रमाण बुझाइसकेको पनि दाबी गरेका छन्। ‘सर्वोच्चको मिति २०७९÷१०÷१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ,’ उनले लेखेका छन्, ‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको छु।’

यस्तै, उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा भएको बताएका छन्। ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले लेखेका छन्, ‘घन्टीलाई बजाउन मात्र होइन, घन्टीले बजाउन पनि मिल्छ।’

kumari

युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले २७ वैशाखमा लामिछानेसँग अमेरिकी राहदानी त्यागेको प्रमाण पेस गर्न आदेश दिएको थियो। लामिछानेविरुद्ध सर्वाेच्चमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट विचाराधीन छ।

प्रकाशित: May 25, 2023| 12:05 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्