मंगलबार, भदौ २, २०८३

टेलिकमले भन्यो- जागिर खुलेको छैन, भ्रममा नपर्नू

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- नेपाल टेलिकमका विभिन्न शाखाहरूमा 'भ्याकेन्सी' खोलिएको भन्दै गलत सूचना फैलिएकाले नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ। टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो।

'केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: May 24, 2023| 20:48 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्