बिहीबार, साउन ७, २०८३

ढाकाकुमारको पक्षमा आएन अदालतको आदेश

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं- आर्थिक लेनदेनको अडियो बाहिरिएपछि कारबाहीमा परेका रास्वपाका सांसद ढाकाकुमारको पद गएको छ।

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएपछि उनको संसद् फर्किने बाटो बन्द भएको हो। योसँगै विन्दवासिनी क‌ंसाकारलाई सांसदको शपथ लिने बाटो खुलेको छ। ढाकाकुमारलाई पदमुक्त गर्ने रास्वापको निर्णयसँगै निर्वाचन आयोगले कंसाकारलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिएको छ। तर ढाकाकुमार अदालत गएपछि उनले शपथ लिन पाएकी थिइनन्। 

यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाकाकुमारको पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश संयुक्त इजलासले आज खारेज गरेको हो। 

प्रकाशित: May 24, 2023| 19:42 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्