सोमबार, भदौ १६, २०८२

सरकारले लोककल्याणकारी विज्ञापन नरोक्ने

 |  बुधबार, जेठ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसेकी छिन्।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी छिन्। आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसकेको सञ्चारविज्ञ केसीले जानकारी दिए।

प्रकाशित: May 24, 2023| 20:17 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्