शनिबार, चैत ११, २०७९

लुम्बिनीमा आज नयाँ सरकार

लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार गठन हुँदैछ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार गठन हुँदैछ। मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएसँगै यहाँ नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

National life insurance

अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिएका थिए। उनीविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव छलफलका लागि प्रदेश सभामा पेशसमेत भइसकेको थियो। तर, प्रदेश सभाको बैठक नबस्दै मुख्यमन्त्रीले राजीनामा दिएपछि अधिवेशन अन्त्य भयो। 

प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आज अपरान्ह ३ बजेसम्मको समय दिएका छन्। दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्।

लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। उक्त गठबन्धनबाट माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गर्ने तयारी छ। गठबन्धनमा ४१ जना सांसद छन्। 


प्रकाशित: Aug 12, 2021| 08:21. 23 बिहीबार, साउन २८, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।