सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

नक्कली शरणार्थी प्रकरणमा भइरहेको  अनुसन्धानबारे नागरिकले नजिकबाट नियालिरहेकाले यसमा संलग्न जुनसुकै पार्टीका मान्छे पनि समातिनुपर्ने नेता थापाको धारणा।
 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं– सांसद एवं कांग्रेस महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धा चलाएर करोडौं ठगीमा संलग्न रहेका जुनसुकै दलका नेता, नेतृ भए पनि कारबाही दायरामा ल्याइनुपर्ने बताएका छन्। 

National life

प्रहरीले सोमबार सरकारलाई बुझाएको नक्कली प्रतिवेदन अपूरो रहेकाले यसमा नाम जोडिएकामाथि छानबिन गरेर टुंगोमा पु¥याउनुपर्ने उनले बताएका हुन्।

आजको प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै नेता थापाले भने, ‘अहिले जसरी नाम आइरहेका छन्, लाज लागेएजस्तो भएको छ, नाम सुन्दा पनि। हाम्रै वरिपरिका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लाग्छ। अनुसन्धान कसरी भइरहेको छ, सबै जनताले हेरिरहेका छन्।’

नक्कली शरणार्थी प्रकरणमा भइरहेको  अनुसन्धानबारे नागरिकले नजिकबाट नियालिरहेकाले यसमा संलग्न जुनसुकै पार्टीका मान्छे पनि समातिनुपर्ने उनको धारणा छ। चाहे सलाम गर्ने वा सलामी खाने होस्, यो प्रकरणमा ज–जसको नाम आएको छ, तिनमाथि छानबिन हुनुपर्ने उनले औंल्याए।

गगनले भने, ‘यो प्रकरणमा ज–जसको नाम आएको छ, उनीहरुमाथि निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारसँगै न्यायालयको पनि परीक्षा सुरु हुन्छ।’

राज्यविरुद्धको अपराधमा संलग्न हुने जुनसुकै पार्टीका मान्छेमाथि छानबिन गर्न सकिए मात्रै मुलुकमा सुशासन कायम हुने नेता थापाको भनाइ छ।

‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस्। यो प्रकरणमा एक जना पनि छुट्नुहुँदैन। राजनीतिक तहबाटै अनुसन्धानलाई फितलो बनाउन थालिएको भन्ने समाचार सुनिँदै छ। यसो गरिए जनताले खबरदारी गर्नेछन्,’ उनले भने।

प्रकाशित: May 24, 2023| 12:53 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्