सोमबार, वैशाख २८, २०८३

संसदीय समिति बनाएर नक्कली शरणार्थी प्रकरण छानबिन गर्न माग

लामिछानेले नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन अपूर्ण भएकाले निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग गरेका हुन्।
 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन हुनुपर्ने  माग गरेका छन्।

National life

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन अपूर्ण भएकाले निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति बनाउनुपर्ने माग उनले गरेका हुन्।

उनले अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको बताए। सरकार नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न डराएको उनको दाबी छ।

‘जुन–जुन निकाय यसमा लागिपरेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण छैन। ज–जसको नाम आएको छ, तिनलाई छानबिनको दायरामा पनि ल्याउन नसक्ने गरी सोधपुछ भइरहेको छ,’ उनले भने।

सर्वसाधारणको हकमा बयान लिन आउँछु भन्दाभन्दै समातिने तर राजनीतिक उच्चपदस्थलाई आरोप लाग्दा सोधपुछसमेत नगरिनु आपत्तिजनक रहेको उनले बताए।

रविले भने, ‘गृहमन्त्रीले मुटु दरो छ, प्रधानमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो। दुइटैको मुटु कहाँ गएर चेक गर्ने? सर्वसाधारणलाई बलजफ्ती समाउनेमध्येमा म आफैं न्यूजरुमबाट समातिएको हुँ। डामिएका ठूला राजनीतिक दलका नेतालाई एकपटक सोधपुछका लागि नबोलाइनुभित्र रहस्य छ।’

प्रकाशित: May 24, 2023| 12:10 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्