बिहीबार, साउन ७, २०८३

सातै प्रदेशका मुख्यमन्त्रीको पोखरा भेला स्थगित

बैठक स्थगित गर्नुको कारण नखुले पनि मधेस प्रदेशमा सरकार विस्तारको झमेलालाई लिइएको छ।
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– गण्डकी प्रदेश मुकाम पोखरामा १० जेठमा आयोजना गरिने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीको भेला स्थगित भएको छ।

आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सचिवालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीको भेला स्थगित भएको जानकारी दिएको हो।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले संघीयताको अनुभव आदान–प्रदान मूल उद्देश्य राखेर १० जेठमा मुख्यमन्त्रीको बैठक बोलाइएको बताए। बैठक स्थगित गर्नुको कारण नखुले पनि मधेस प्रदेशमा सरकार विस्तारको झमेलालाई लिइएको छ।

gandaki-ppradesh-suchana1684832603.jpg

प्रकाशित: May 23, 2023| 14:49 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्