सोमबार, वैशाख २८, २०८३

माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरियो 

मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा चित्त नबुझेको बताएर माओवादीले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको हो। 
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– जसपा नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा चित्त नबुझेको बताएर माओवादीले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको हो। 

National life

माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद यादवले जसपा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा आफूहरुसँग सल्लाह नगरेकाले सरकारबाट बाहिरिने निर्णय लिइएको प्रतिक्रिया दिए। 

मुख्यमन्त्री यादवले आजै कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। सरकार विस्तारका क्रममा दुई मन्त्रालयमा दाबी गरे पनि गठबन्धन बाँडीचुँडीमा कुरो नमिलेपछि माओवादी केन्द्रले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो।

मुख्यमन्त्री यादवले कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य मन्त्रायको जिम्मेवारी दिएका छन्। नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्दप्रसाद न्यौपानेलाई बिनाविभागीय मन्त्री बनाइएको छ।

नेकपा माओवादी मधेस प्रदेश सरकारबाट बाहिरिए पनि केन्द्रमा आजै जसपाका दुई मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा ल्याएका छन्।

प्रकाशित: May 23, 2023| 14:22 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्