सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई सत्तापक्षले हेडमास्टर भनेपछि गोकुलले बनाइदिए विश्वविद्यालयको भिसी

ओलीलाई सत्तापक्षले हेडमास्टर भनेपछि गोकुलले बनाइदिए विश्वविद्यालयको भिसी

प्रतिनिधिसभामा आगामी बजेट वरपर रहेर सरकारलाई खबरदारी गर्नुपर्ने सांसदहरू एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिए।
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– प्रतिनिधिसभामा सरकारको आगामी बजेटको नीति तथा कार्यक्रममाथि बहस हुनुपर्ने बेला सत्तारुढ र प्रतिपक्ष दलका सांसद एकापसमा हिलो छ्यापाछ्यापमा लागेका छन्।

National life

आजको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रमबारे प्रतिपक्षीको धारणा सुन्न नचाहेको तुष पोखे।सरकारी नेताहरूले प्रतिपक्षीसँग प्रतिवादमा उत्रिँदै सुझाव ग्रहण गर्न नचाहेको बताएपछि सत्तापक्षका सांसद प्रतिवादमा उत्रिए।

‘सत्ता पक्षले हाम्रो कुरा सुन्ने धैर्य राख्ला भन्ने बुझाइ थियो। तर हिजोअस्तिका कुरा सुनिरहँदा सत्ता पक्ष आफ्नो कमजोरी लुकाउन, प्रतिपक्षको तेजोबोध गर्न प्रतिवादमा उत्रिने उल्टो बाटोमा समातेर हिँडेको देखियो’, बाँस्कोटाले भने। 

सत्तापक्षीय सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले अध्यक्ष ओलीले ‘हेड सर’ को शैलीमा पाठ पढाएको बताएपछि बाँस्कोटाले जवाफ फर्काएका हुन्। 

‘सत्तापक्षीय साथीहरुले हाम्रा अध्यक्षलाई ‘हेड मास्टर भन्नुभयो। हामी आक्रोशित छैनौं। एमाले लोकतन्त्र, सामाजिक न्यायसहितको परिवर्तन, पुनर्जागरण र राष्ट्रिय आत्मविश्वास निर्माणको विश्वविद्यालय हो। त्यसैले तपाईंहरूले दिएको उपाधिलाई पुग्दैन। केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो। इन्जिनियर हो, आर्टिटेक्ट सबै हो,’ बाँस्कोटाले भने। बाँस्कोटाले संसद्मा यी कुरा बोलिरहँदा प्रतिपक्ष, सत्तापक्षका सांसदबीच हाँसोको फोहोरा छुटेको सुनियो।

प्रकाशित: May 23, 2023| 13:05 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्