सोमबार, वैशाख २८, २०८३

मधेस प्रदेश सरकारमा कांग्रेसको ‘इन्ट्री’, एमाले सभामुख हटाउन माग

संघीय सरकारमा दस दलीय गठबन्धनको आविष्कारक कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो।
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं– केन्द्रमा सत्तारुढ दस दलीय गठबन्धनको आविष्कारक कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ। कांग्रेस दुई मन्त्रालयसहितको भागबन्डामा उपेन्द्र यादवको पार्टी जसपा नेतृत्वको सरकारमा सहभागी भएको हो।

National life

कांग्रेसबाट संसदीय दलका नेतासमेत रहेका कृष्णप्रसाद यादव र वीरेन्द्रकुमार सिंह प्रदेश सरकारमा मन्त्री भएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी उनीहरुलाई क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

यादव मधेस प्रदेश कांग्रेस सभापति हुन् सिंह कोषाध्यक्ष। दुवै जनालाई आज दिउँसो १ बजे सपथ खुवाइने तयारी भइरहेको छ। कांग्रेस तत्कालका लागि सरकारमा सहभागी भए पनि भागबन्डामा थप दुई मन्त्रालय मागेको छ।

मधेस प्रदेशसभामा एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई हटाएर आफूले पाउने सभामुख पाउनुपर्ने अडानमा कांग्रेस छ।

सात दलीय गठबन्धन हुँदा मधेस प्रदेशसभामा यसअघि एमालेले मन्त्री भागबन्डा पाए पनि केन्द्रमा समीकरण बदलिएसँगै प्रदेश सरकारमा सहभागीलाई फिर्ता बोलाएको थियो। आजै सम्भवतः नेकपा एसलाई पनि मुख्यमन्त्री यादवले सरकारमा सहभागी गराउने तयारी छ।

प्रकाशित: May 23, 2023| 11:24 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्