सोमबार, वैशाख २८, २०८३

रास्वपाको संगठन ७४ जिल्लामा

 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

काठमाडौं- स्थापनाको एक वर्ष नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ जिल्लामा संगठन विस्तार गरेको छ। अब डोल्पा, हुम्ला र पश्चिम रुकुममा मात्र संगठन विस्तार हुन बाँकी छ।

National life

२०७९ असार ७ गते पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। स्थापनाको ६ महिना पनि नपुग्दै भएको आम निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा २० सिट जितेर रास्वपाले चमत्कार नै गरेको थियो।

गत वैशाख १० गते भएको उपनिर्वाचनमा पनि कमाल गर्दै रास्वपाले एक सिट जितेर सांसद संख्या २१ पुर्‍याएको छ। प्रदेश संरचना नहुने पक्षमा रहेको पार्टीले प्रदेश निर्वाचनमा भने उम्मेदवार नै उठाएन। 

तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्रमा गरी तीनवटा पार्टी संरचना बनाउने रास्वपाको रणनीति छ। 

अब हुने आम निर्वाचनलाई लक्षित गरी रास्वपाले मिसन २०८४ अभियान चलाएर सदस्यता विस्तार, संगठन निर्माण र प्रशिक्षणमा ध्यान दिने भएको छ। पछिल्लो समय आफ्नो पेशा, क्षेत्र तथा सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्तिहरूको यो पार्टीमा आकर्षण बढेको छ।

कांग्रेस, एमाले, माओवादीलगायत दलमा आवद्ध नेता–कार्यकर्ता ठूलो संख्यामा आफ्नो पार्टीमा प्रवेश गर्न चाहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेको छ। हालैमात्र कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका डा स्वर्णिम वाग्ले भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: May 23, 2023| 09:56 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्