बिहीबार, साउन ७, २०८३

ढाकाकुमारको रिट 'हेर्न नभ्याइने'मा

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउनेमा परेको छ। अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो।

मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो। सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए।

उनको ठाउँमा निर्वाचन आयोगले विन्दवासिनी कंसाकारलाई सांसदको प्रमाणपत्रसमेत दिइसकेको छ।

ढाकाकुमारले भने सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरे। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले तत्काल ढाकाकुमारको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर, सर्वोच्चको आदेशसँगै कंसारकारले शपथ लिन पाएकी छैनन् ।
 

प्रकाशित: May 22, 2023| 17:18 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्