सोमबार, वैशाख २८, २०८३

प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली मस्यौदा समितिको पहिलो बैठक

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

National life

काठमाडौं– संघीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो।

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेको बुझेर काम गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढंगले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गरे।

प्रकाशित: May 22, 2023| 16:39 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्