बिहीबार, साउन ७, २०८३

जसपा संसदीय दलको नेता चुनिए उपेन्द्र यादव

यसअघि अशोक राई छँदाछँदै उपेन्द्रले उपराष्ट्रपति बन्नुअघि  रामसहायलाई संसदीय दलको नेता बनाएका थिए।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)मा पार्टी अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता चुनेको हो।

गत मंसिरको निर्वाचनमा सप्तरी २ बाट पराजित यादव १० वैशाखको उपनिर्वाचनमा गठबन्धनको सहयोगले बारा २ बाट निर्वाचित सांसद हुन्। प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन्।

बारा २ बाट जसपाका निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि रिक्त निर्वाचन क्षेत्रमा अध्यक्ष उपेन्द्रलाई खडा गरिएको थियो। यसअघि अशोक राई छँदाछँदै उपेन्द्रले उपराष्ट्रपति बनेका रामसहायलाई संसदीय दलको नेता बनाएका थिए।

प्रकाशित: May 22, 2023| 15:58 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्