सोमबार, वैशाख २८, २०८३

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको जमघट

पछिल्लो समय केन्द्र्रले अधिकार नदिँदा हात बाँधेर बस्नुपरेको र विकास निर्माणमा बाधा परिरहेको बताएर प्रदेश सरकार जनआलोचनाबाट उम्किँदै आएका छन्। 
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं– गण्डकी प्रदेशले सात वटै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन प्रदेश मुकाम पोखरामा गरिने बताएको छ।

National life

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गर्न १० जेठमा सात वटै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले बताएकी हुन्।

पछिल्लो समय केन्द्र्रले अधिकार नदिँदा हात बाँधेर बस्नुपरेको र विकास निर्माणमा बाधा परिरहेको बताएर प्रदेश सरकार जनआलोचनाबाट उम्किँदै आएका छन्। सम्मेलनमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्त्याइएको छ।

‘कुन प्रदेशले के काम गरिरहेका छन्, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्ने, सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन हुन लागेको हो’, गण्डकी प्रदेश सरकारका प्रवक्ता तिवारीले भनिन्।

संविधानले दिएका धेरै अधिकार नपाएको र पाएका अधिकार पनि उपयोग गर्न नसकेको विषयमा सम्मेलनमा छलफल हुने उनको भनाइ छ।

प्रकाशित: May 22, 2023| 15:12 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्