सोमबार, वैशाख २८, २०८३

माधव नेपालले ओलीसँग मागे घरघरमा ग्यास र बिजुली रेल

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले ओलीसँग प्रधानमन्त्री हुँदा घोषणा गरेका वाचा पूरा किन नगरेको भनेर प्रश्न गरेका हुन्।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं– सत्तारुढ नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री हुँदा घोषणा गरेका घरघरमा ग्यास र बिजुली रेल मागेका छन्।

National life

सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले ओलीसँग प्रधानमन्त्री हुँदा घोषणा गरेका वाचा पूरा किन नगरेको भनेर प्रश्न गरेका हुन्।

उनले भने, ‘आफ्नो पालामा कति हावादारी योजना आए? त्यो हेर्नुपर्दैन? यो मितिमा टिकट काट्नुस्, बिजुली रेल चढ्नुस्, घरघरका चुल्होमा ग्यास बल्छन् भनिएको होइन। खोइ ओलीले गरेका घोषणा कार्यान्वयनमा ल्याएको?’ नेता नेपालले हावादारी कुरा गरेर ओलीले जनता अल्मल्याउने काम गरेको कटाक्ष गरे। एनले ओली सरकारले धानका बाला हेर्न टावर मात्रै बनाएको दाबी गरे। 

आइतबार सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै पर्यटन विकासका लागि टावर बनाए पनि आलोचना गरिएको भन्दै रोष प्रकट गरेका थिए।

अध्यक्ष नेपालले आ–आफ्ना नीति तथा कार्यक्रममाथि पूर्वप्रधानमन्त्रीबीच संसद्मा प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिए। नेता नेपालले एमालेमा रहँदाबस्दा प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए।

नेता नेपाल ओलीसँग नोकझोक परेपछि अर्कै पार्टी नेकपा एस बनाएर एमालेबाट बाहिरिएका हुन्।

प्रकाशित: May 22, 2023| 13:40 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्