सोमबार, वैशाख २८, २०८३

नक्कली शरणार्थी प्रकरणः पति बालकृष्ण भेट्न हिरासत पुगिन् मञ्जु

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ परेका खाणमाथिको अनुसन्धान सकाएर सरकारी वकिललाई प्रमाण बुझाउने दिन पति भेट्न पुगिन् श्रीमती मञ्जु।
 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा डामिएर विगत १२ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई भेट्न पत्नी मञ्जु प्रहरी कार्यालय परिसर टेकु पुगेकी छन्।

National life

सोमबार बिहान काठमाडौं प्रहरी परिसर पुगेर समानुपातिक कांग्रेस सांसदसमेत रहेकी मञ्जुले पति खाणलाई भेटेकी हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाण २७ वैशाखदेखि प्रहरी हिरासतमा छन्। खाण पक्राउपछि लापत्ता भएकी मञ्जु ४ जेठमा संसद्मा झुल्किएकी थिइन्।

यसअघि बालकृष्ण पक्राउ पर्नासाथ उनका दाजुभाउजु, भाइलगायत आफन्त पुगे पनि मञ्जु गएकी थिइनन्। नक्कली शरणार्थी प्रकरणमा मञ्जुले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुसँग मिलेर रकम कुम्ल्याएको चर्चा बाहिर छ।

यद्यपि प्रहरीले हालसम्म प्रमाण नपुगेको बहाना बनाएर आरजुसहितका माननीयलाई अनुसन्धान गरेको छैन। खाण निजी सचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए। 

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाणसहित १६ जनालाई पक्राउ गरेको छ। उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले आजै  अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ। 

अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन्। यतिबेला प्रहरीले सरकारी वकिल कार्यालयलाई नक्कली शरणार्थी प्रकरणमा हालसम्म उपलब्ध प्रमाण बुझाउनेछ। 

त्यसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्ने बताइएको छ।

प्रकाशित: May 22, 2023| 11:27 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्