बिहीबार, साउन ७, २०८३

राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

सुर्खेत- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिएका छन्। जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन्। 

‘हामीले जेठ १–१५ गतेसम्म  देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ’, महासचिव भट्टले भने, ‘सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ।’

सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकीन नभएको उनको भनाइ थियो। 
महासचिव भट्टले देशमा राजनीतिक स्थायीत्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पारे। 

प्रकाशित: May 21, 2023| 22:03 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्